रुसको मिसाइल आक्रमणबाट १८ जना युक्रेनीको मृत्यु

काठमाडौं ।   रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताएको समाचार संस्था अलजजिराले जनाएको छ ।

उनले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिएको छ । प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ । आक्रमणमा परि त्यहाँ बस्ने सामान्य र निर्दोष नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर