इन्टरले जित्यो इटालियन सुपर कप

काठमाडौँ । इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरको यो लगातार चौथो उपाधि हो । यसअघि इन्टरले सन् २०२१, २०२२ र २०२३ मा उपाधि जितेको हो । इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए ।

मार्टिनेजले इन्जुरी समयमा बेन्जामिन पाभार्डको पासमा गोल गर्दै इन्टरलाई उपाधि दिलाए । ६०औँ मिनेटमा जिओभानी सेमोइनले दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको नापोली दबाबमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर