प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार हार

काठमाडौं ।  प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार सातौँ खेलमा पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । कर्णालीका अर्जन घर्तीले नट आउट ५० रन बनाए । कोशीका हेमन्त राईले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ३४ ओभर ३ बलमा १ सय ५१ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७३ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ र प्रकाश जैशीले ३ विकेट लिए । याे जितसँगै कर्णालीले ६ खेलमा ६ अङ्क जाेडेकाे छ । जितविहीन काेशी तालिकाकाे पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर