मौसम : चिसो बढ्दै गएकाले त्यसबाट जोगिन सल्लाह

काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर मौसमको अवस्था कस्तो रहला भन्ने सम्भावना सार्वजनिक गरेको छ। साथै दिनप्रतिदिन चिसो बढ्दै गएकाले त्यसबाट जोगिन उपाय अपनाउन भन्दै २४ घण्टे चेतावनी जारी गरिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण यतिबेला देशको पहाडी भेगमा आंशिक बदली (आकाशमा अलि अलि बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। साथै देशका तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ।

बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा नै रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ। यस्तै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर