सोमबार पनि नेप्सकोे ओरालो यात्रा

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ विन्दुमा बन्द भएको हो ।  आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये ३६ वटाको बढेको छ भने २०९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा अप्पर स्याङ्गे हाइड्रोपावर र मिडसोलु हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।

त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.३३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर