सडक व्यवसायीहरुको काठमाडौं महानगरमा धर्ना

काठमाडाैं ।  सडक व्यवसायीहरुले काठमाडौं महानगरको कार्यालयमा धर्ना दिएका छन्। पछिल्लो समय व्यवसायीहरुमाथि महानगरले अत्याचार गरेको भन्दै बिभिन्न संघसंगठनको अगुवाईमा उनीहरुले काठमाडौं महानगर कार्यालयबाहिर धर्ना दिएका हुन्। उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन्।

त्यस्तै उनीहरुले यसअघि महानगरसँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन्। साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकड गरेको उनीहरुले बताएका छन्। महानगरले साना व्यवसायीहरुको पूँजी समाप्त गर्नेगरी दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर