भारतको अयोध्यामा श्री रामललाको मूर्तिमा प्राण प्रतिष्ठा

काठमाडौं । सहित अभिषेक गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले वैदिक विधिपूर्वक अभिषेक सम्पन्न गरे । मन्दिरको गर्भगृहमा रहेको रामललाको मूर्तिलाई मोदीले हेरिरहेको र अनुष्ठानपछि उनले भगवान रामललालाई प्रणाम गरेका थिए । प्रधानमन्त्री मोदीको आँखामा रामललाप्रतिको भावना प्रष्ट देखिन्थ्यो।

वैदिक आचार्य सुनिल शास्त्रीको नेतृत्वमा १२१ जना प्रतिष्ठित विद्वानले संजीवनी योगमा मन्त्र जप गर्दै प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न गरेका थिए । अभिजित मुहूर्तमा भगवान श्याम वर्णको बाल देवताको अभिषेक कार्यक्रम भारतीय समयअनुसार दिउँसो १२ बजेर २९ मिनेट ८४ सेकेण्डको अन्तरालमा सम्पन्न भएको थियो ।
साथै हेलिकप्टरबाट मन्दिर परिसरमा आकाशबाट पुष्पवृष्टि गरिएको थियो । श्री रामलल्लाको बाल मूर्तिको अभिषेक गर्नुअघि प्रधानमन्त्री मोदीले वैदिक मन्त्रको जपका बीच सन् १९४९ देखि सुनको सिंहासनमा विराजमान राम लल्लाको मूर्तिको पूजा गरेका थिए।

राममन्दिर स्थापना गर्ने लामो लडाइँमा साथ दिएका प्रसिद्ध साध्वी ऋतम्भरा र उमा भारती अश्रुपूर्ण भावुक मुद्रामा देखिएका थिए । आमन्त्रितमा राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत, अनुपम खेर, कैलाश खेर, जुबिन नौटियाल, प्रसून जोशी, मनोज जोशी, सचिन तेन्दुलकर, अमिताभ बच्चन, अभिषेक बच्चन, रविशंकर प्रसाद र अनिल अम्बानी रहेका छन् । प्रमुख व्यक्तित्वहरु मध्ये हेमा मालिनी, कंगना रनौत, श्री श्री रविशंकर, मोरारी बापु, रजनीकान्त, पवन कल्याण, मधुर भण्डारकर, सुभाष घई, शेफाली शाह र सोनु निगम आइतबार नै अयोध्या पुगेका थिए । कार्यक्रमका लागि आमन्त्रितहरूको सूचीमा सातहजारभन्दा बढी व्यक्तिहरू समावेश छन्।

जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने

यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ । राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ ।

राम मन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्फबाट चाँदीका धनुषवाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूललगायत तीन हजार बढी कोसेली अध्योया पठाइएको थियो ।

राम मन्दिरको प्राणप्रतिष्ठामा सहभागी हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र मन्दिरका उत्तराधिकारी रामरोशन दास बिहीबार नै अयोध्या पुग्नुभएको छ । अयोध्याको राम मन्दिरबाट निम्तो आएपछि उहाँहरू त्यसतर्फ जानुभयो ।

राम मन्दिरले नेपाल–भारत सम्बन्ध अझै प्रगाढ 

प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम र भारतको अयोध्याको सम्बन्ध त्रेता युगदेखि चलिएको सम्बन्ध हो । जनकपुरधाम र अयोध्याले दुबै देशको सम्बन्धलाई परापूर्वकालदेखि जोडेको छ भने अझै पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध कायम छ ।

त्रेतायुगमा मिथिलाका राजा जनककी पुत्री माता जानकीसँग अयोध्याका राजा दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान रामको विवाह भएदेखि दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक, व्यापारिक र पारिवारिक रुपमा जोडिएदेखि नै दुई देशको सम्बन्ध गाँसिएको हो । त्यही परम्परालाई कायम राख्दै अझैं पनि नेपाल र भारतबिच वैवाहिक सम्बन्ध चल्ने गरेको छ ।

जनकपुरधामबाट रामलाई पठाइयो उपहार 

जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । ‘श्रीराम मन्दिर प्राणप्रतिष्ठा’का लागि जनकपुरधाम–अयोध्या धाम यात्रासहित पुस ११ गते भार पठाइएको हो ।

कालीगण्डकी नदी किनारको शिला अयाेध्यामा 

हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान् राम र सीताको मूर्ति बनाउन नेपालको कालिगण्डकीको शिला लगिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको थियो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो । उक्त शिला उपहारस्वरुप दिइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर