आधा किलो सुनसहित झापाका खगेन्द्र दर्जी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट करिब आधा किलो सुनसहित  झापाका खगेन्द्र दर्जी पक्राउ परेका छन् ।

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर