पीएसजी फ्रेन्च कपको अन्तिम १६ मा

काठमाडौं । केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम १६ मा पुगेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले यूएस ओर्लेन्सलाई ४–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै गोन्कालो रामोस र सेन्ने मयुलुले एक–एक गोल गरे ।
यता ओर्लेन्सका लागि निकोलस सान्टीरुफले एक गोल फर्काए ।
प्रतिक्रिया