इजरायली आक्रमणमा पाँच इरानी सुरक्षा फौजका अधिकारीको मृत्यु

काठमाडौं । इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ । इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिएको हो ।

आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ । इरानले आक्रमणको आरोप इजरायल माथि लगाए पनि इजरायलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । वर्षौंदेखि इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा हमला गर्दै आएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा गरेको हमलापछि शुरु भएको इजरायल-गाजा युद्धपछि यस्ता आक्रमणहरू अझ तीव्र भएका हुन् ।

इरानी राष्ट्रपति राइसीको आधिकारिक वेबसाइटमा पोष्ट गरिएको विज्ञप्तिमा सिरियामा मारिएका सुरक्षा अधिकारीहरुका परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ । विज्ञप्तिमा इरानका पाँच प्रतिष्ठित सुरक्षा सल्लाहकारको कायरतापूर्वक हत्या गरिएको उल्लेख गर्दै उनीहरुको मृत्युको बदला लिने बाचा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर