कोशी प्रदेशमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन

काठमाडौं । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिवार बसेको बैठकले प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्यसचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

प्रदेशसभा बैठकले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले पुनः नामकरणको माग गर्दै आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलनका क्रममा आन्दोलनरत पक्षका पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो । पहिचानवादीहरुले प्रदेशको नाम कोशी राख्न भूमिका खेल्ने नेता भनेर नेकपा एमालेका नेताहरुलाई लक्षित गरेर पूर्वी क्षेत्र प्रवेशमा अवरोध गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर