ग्यासमा भिन्नाभिन्नै मूल्य कायम गर्ने तयारी

काठमाडौं । नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ ।

निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले ठुला र बढी ग्यास खपत गर्ने औद्योगिक क्षेत्रमा परल मूल्यमा ग्यासको बिक्री गर्नेगरी तयारी भइरहेको जानकारी दिए । घरायसी र व्यावसायिक प्रयोगका लागि हाल एउटै मूल्य कायम छ, उनले भने, “उपभोक्ताका लागि हालकै मूल्य र औद्योगिक प्रयोजनका लागि परल मूल्यमा बिक्री गर्ने गरेका छौँ ।” दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेकाले जतिसक्दो छिटो कार्यान्वयनमा ल्याइने उनले बताए ।

निगमका अनुसार १० देखि १५ प्रतिशत ग्यास ठुला औद्योगिक क्षेत्रमा खपत हुने अनुुमानसहित मासिक धेरै ग्यास खपत गर्ने होटेल रेस्टुुरेन्टमा खपत हुने ग्यासमा परल मूल्य कायम गर्ने तयारी गरिएको उनले जानकारी दिए । ।

निगमका अनुसार हाल घरायसी प्रयोजनका लागि प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपैयाँ रहेको छ । हाल प्रतिसिलिन्डर ग्यासमा तीन सय रुपैयाँ नोक्सान रहेको छ । ग्यासको लागत मूल्य दुुई हजार १९५ रुपैयाँ रहेको छ । परल मूल्य लागुु भएपछि उद्योगलाई प्रतिसिलिन्डर ग्यास दुुई हजार १९५ रुपैयाँ पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर