आशुतोष बने बाग्मतीबाट शतक बनाउने दोस्रो खेलाडी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा काेशी प्रदेशसँगकाे खेलमा बाग्मती प्रदेशका ओपनर ब्याटर आशुताेष घिरैयाले शतक बनाएका छन् । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा आशुताेषले ९९ बलमा शतक प्रहार गरे । उनी १ सय ११ बलमा १ सय १८ रन बनाएर आउट भए । याे उनकाे करिअरकाे पहिलाे शतक हाे ।

आशुताेष प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती प्रदेशबाट शतक बनाउने दाेस्राे खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१९ काे संस्करणमा ज्ञानेन्द्र मल्लले सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबसँगकाे खेलमा शतक बनाएका थिए ।  बाग्मती ४ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । काेशी लगातार ४ खेलमा हार बेहाेर्दै तालिकाकाे पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर