आजबाट यू-१९ विश्वकप, नेपालको पहिलो खेल आइतबार

काठमाडौं । आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप आजबाट शुरू हुँदैछ। प्रतियोगितामा १६ टीम सम्मिलित छन् जसलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’मा रहेको छ। नेपालको समूहमा अफगानिस्तान, न्यूजिल्यान्ड र पाकिस्तान छन्।

प्रतियोगिताको साविक विजेता भारत समूह ‘ए’मा छ। यो समूहमा बाङ्लादेश, आयरल्यान्ड र संयुक्त राज्य अमेरिका छन्। यस्तै आयोजक राष्ट्र दक्षिण अफ्रिका समूह ‘बी’मा छ। यो समूहमा इङ्ल्यान्ड, स्कटल्यान्ड र वेस्ट इन्डिज पनि छन्। समूह ‘सी’मा अस्ट्रेलिया, नामिबिया, श्रीलंका र जिम्बावे छन्।

आजको उद्घाटन खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा अमेरिका र आयरल्यान्ड भिड्ने छन्। यी दुवै खेल नेपाली समय अनुसार दिउँसो १स्४५ बाट शुरू हुनेछन्। नेपालले भने आफ्नो पहिलो खेल न्यूजिल्यान्ड विरुद्ध आउँदो आइतबार खेल्नेछ। नेपालले दोस्रो खेल माघ १० गते बुधबार पाकिस्तान विरुद्ध खेल्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ गते शुक्रबार अफगानिस्तान विरुद्ध खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर