भारतमा डुंगा पल्टिँदा १२ बालबालिकासहित १४ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा डुङ्गा पल्टिँदा १४ जनाको ज्यान गएको छ । वडोदराको हरनी तालमा हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन् । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर