दुर्गा प्रसाईमाथि बागलुङमा कुटपिट गर्ने प्रयास

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि कुटपिट गर्ने प्रयास भएको छ। नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईलाई बिहीबार कार्यक्रमस्थलमा स्थानीय वासिन्दा ३७ वर्षीय रामकान्त गौतमले हातपात गर्ने प्रयास गरेका हुन्। गौतमलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा थुनेर राखिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई अभद्र व्यवहार गर्ने प्रयास गरेको भन्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।
आफूमाथि हातपातको असफल प्रयासपछि आक्रोशित प्रसाईले आगामी फागुन १ पछि कडा आन्दोलन गर्ने बताए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने दाबी गरे ।

उनले आफूलाई कुटपिटको प्रयासबारे टिप्पणी गर्दै भने, “म आग्रह गर्दछु, मलाई नचलाउँ” । प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरू नै चकनाचूर हुने बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर