भक्तपुरकी महिला बक्सिङ खेलाडी मृत भेटिइन्

काठमाडौं ।  बक्सिङ खेलाडी नीता गोसाईं मृत भेटिएकी छन् । भक्तपुर नगरपालिकास्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् । उनी सशस्त्र प्रहरी बलबाट बक्सिङ खेल्दै आएकी थिइन् ।

उनले आत्महत्या गरेको आशंका गरिएको छ । भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) बसन्त पाठकका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । “मंगलबार झुन्डिएको अवस्थामा शव फेला परेको हो । आत्महत्या दुरुत्साहन कसुरमा उजुरी परेपछि एक युवकलाई नियन्त्रणमा लिएका छौँ,” डीएसपी पाठकले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर