प्रदेशको नाम राजा महेन्द्रपथ भएकाले जनताद्वारा अस्वीकार : अध्यक्ष यादव

काठमाडौं । सत्ता गठबन्धनका एक साझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयता विपरीत भएको आरोपयुक्त टिप्पणी गरेका छन् ।
मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा बुधवार साँझ आयोजित स्वाभिमानी दिवस कार्यक्रममा उनले मधेस प्रदेशबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए । उनले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको बताए । उनले संघीयता विपरीत नामकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको बताए ।

अध्यक्ष यादवले भने, ‘पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै हो । अरू प्रदेशको नामकरण राजा महेन्द्रको पथमा भएका छन् । कोशी नदीको नाममा कोशी अञ्चल, मेची नदीको नाममा मेची अञ्चल, महाकाली नदीको नाममा महाकाली अञ्चल। त्यही पथमा बागमती प्रदेश, गण्डकी नदीको नाममा गण्डकी प्रदेश, कोशी नदीको नाममा कोशी प्रदेश, कर्णालीको नाममा कर्णाली प्रदेश छन् । प्रदेशको नामकरण संघीयताको विपरीत भएको छ । कोशी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर शहादत प्राप्त भए । पहिचानमा आधातिर संघीयताको सिद्धान्तविपरीत नाम राखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर