राष्ट्रपतिद्वारा आममाफी पाएका बस्नेत चोरी कर्ममा संलग्न हुँदा पुनः पक्राउ

काठमाडौं ।  मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी पाएका दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई शृंखलावद्ध चोरी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो ।

ललितपुर प्रहरीले आज बुधबार चोरी कार्यमा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो । उनलाई भक्तपुर थिमी नगरपालिका ९ निकोसेराबाट पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलनमा ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी कार्यमा फेला परेको बताए ।

उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिब २७ तोला, चाँदी गरेर अन्दाजी मूल्य ३७ लाख १६ हजार ९२५ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको बताए ।

चोरी कार्यमा संलग्न भई पक्राउ परेका व्यक्ति यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको खनालले बताए । उनलाई केही समय अघि मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर