सभापति देउवा आफ्नै निजी निवासमा फर्किए

काठमाडौं । राजधानीको बूढानीलकण्ठस्थित आफ्नो निवासको आवश्यक मर्मतसम्भार सकिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार घर सरेका छन् । पूर्वीय ज्यातिस मान्यतामा विश्वास राख्ने देउवा बुधबार बिहान साढे १० बजे धुम्बाराहीको भाडाको घरबाट आफ्नै निजी निवास फर्किएका हुन् ।

२०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा धुम्बाराहीस्थित एक घरमा भाडामा बस्दै आएका थिए । धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेको उनको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर