गौशाला–२६ को तस्बिर प्रकाशन गर्ने राई पक्राउ

काठमाडौं । बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो ।  उनीविरुद्ध बलात्कारपीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा सात दिनको म्याद थप गरी मुद्दा अनुसन्धान अघि बढाइएको छ । एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर