बुधबार दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १२.१० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा बन्द भएको हो ।  घटेको बजारमा कारोबार रकममा भने उछाल आएको छ । मंगलबार आठ अर्बको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र गरिमा डिभेञ्चर २०८५ रहेका छन् । त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर