कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय कालिन्चोकसहित उच्च हिमाली क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो। दिउँसोबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको सुनापाती होटल सञ्चालक हरि ओलीले बताए । जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ।

तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा मंगलबार दिउँसोबाट हिमपात सुरु भएको थियो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको ओलीले बताए । हिउँ परेपछि कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि भएको छ ।
पछिल्लो समय कालिञ्चोकमा भारतको केरला, पश्चिम बंगाल, पाकिस्तान, बंगलादेशबाट उल्लेख्य रूपमा पर्यटक आउने गरेका छन् ।

ओखलढुङ्गाको माथिल्लो उच्च भेगमा हिमपात भएको छ । मङ्गलबार यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायतका उच्च भेगमा दिउँसोबाट हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताए । हिमपातपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । यस क्षेत्रका किसानले बारीमा लगाएका बुङको आलु, गहुँ खेतीलाई सहयोग पुगेको मगरको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर