बुधबार सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर