रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ ।

त्यस्तै,संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभिन्न विभागको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ । बैठकले सभापति रवि लामिछानले यसअघि गरेको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ । यस्तै, पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाको पैदलयात्राको सम्बन्धमा समेत निर्णय गरिने उपसभापति अर्यालले बताए ।

त्यस्तै, बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्टलगायतका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर