पाकिस्तानमाथि इरानको हवाई हमला

काठमाडौं ।  इरानले पाकिस्तानमा सुन्नी आतंकवादी संगठन ‘जैश–अल–अदल’ लाई कारबाही गर्न मिसाइल र ड्रोनबाट आक्रमण गरेको छ ।इरानी सरकारी समाचार एजेन्सी इरनाले यसको जानकारी दिएको हो । इरनाले यो जानकारी दिएको केही बेरमै यो खबर आफ्नो समाचार पोर्टलबाट हटाएको थियो ।

बिहान करिब २ बजेको समयमा पाकिस्तानले पहिलो प्रतिक्रिया जनाएको छ । पाकिस्तानले हमला भएको पुष्टि गर्दै इरानले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ । पाकिस्तानले आक्रमणमा दुई बालकको मृत्यु भएको जनाएको छ । घटनामा तीन बालिकाहरु घाइते भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर