पाकिस्तानविरुद्ध एलनको कीर्तिमानी शतक

काठमाडौं ।  न्यूजिल्याण्ड क्रिकेट टिमका ओपनिङ ब्याटर फिन एलनले पाकिस्तानसँगको टी–२० आई सिरिजको तेस्रो खेलमा कीर्तिमानी शतकीय इनिङ खेलेका छन् । उनले ६२ बलमा १६ छक्का र ५ चौकासहित १३७ रनको शतकीय इनिङ खेलेका हुन् ।  योसँगै २४ वर्षीय​ एलेनले इतिहास रचे । उनी अब न्यूजिल्याण्डको टिमबाट टी–२० आईमा उच्च स्कोर बनाउने ब्याटर बने । यस फर्म्याटमा एलेनको यो दोस्रो शतक हो ।

साथै, उनले यस खेलमा एक इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने मामलामा अफगानिस्तानका हजरतुल्लाह जाजईको कीर्तिमान बराबर गरे । जाजई​ले सन् २०१९ मा आयरल्याण्डविरुद्ध १६ छक्का हिर्काएका थिए । एलेनकै सानदार ब्याटिङको मद्दतमा न्यूजिल्याण्डले पाकिस्तानलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । सिरिजको पहिलो र दोस्रो खेलमा न्यूजिल्याण्ड क्रमशः ४६ र २१ रनले विजयी भएको थियो । पाँच खेलको सिरिजमा जीवित रहन पाकिस्तानले आजको खेल जित्नैपर्ने समीकरण बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर