मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम भएको दावी

काठमाडौं ।  खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन वितरण गरिएको बताएको छ। मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो।

‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ। पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भ्रेमाथाङको भेलबाढीले तहसनहस बनाएपछि मेलम्चीको हेडवर्क्स बनाइएको छैन। अस्थायी तवरले नथिग्र्याइ पानी ल्याउँदा सुरूङभित्र बालुवा पस्ने जोखिम औंल्याइएका बेला मन्त्रालयले गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो। २०७८ असार १, साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो। हेडवर्क्स लगायतका संरचना पुरेको थियो। अहिले पनि बाँध क्षेत्र खण्डहरकै अवस्थामा छ भने मेलम्ची खानेपानी आयोजनाको प्रमुख दातृ निकाय एसियाली विकास बैंकले बाँध क्षेत्र एक किलोमिटर माथि सर्कथलीमा सार्न सुझाव दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर