सुर्खेत उपत्यकाका आदिवासी थारु समुदायको माघी पर्व

काठमाडौं ।  विशेषगरी पहाडमा जनजाति समुदाय र तराईमा थारु समुदायको ठूलो पर्वका रुपमा मनाइने पर्व हो माघे सङ्क्रान्ति । तराईका थारु समुदायले माघीलाई नयाँ वर्षमा रुपमा मनाउने गर्दछन् । मौलिक सांंस्कृतिक परम्परालाई जोगाउँदै सबैभन्दा ठूलो पर्वको रुपमा माघीलाई उल्लासमय तरिकाले मनाउने गरिन्छ । सुर्खेत उपत्यकाको आदिवासीको रुपमा रहेका थारु समुदायको माघी पर्वको मौलिकतालाई परम्पराअनुसार मनाउँदै आएका छन् । वीरेन्द्र गरनगरपालिकाको वडा ४, ७, ८ मा पर्ने थारु बस्ती र जनजाति बस्तीहरुमा माघीको रौनक उल्लेख्य रहेको छ ।

परम्पराअनुसार रातभर मघौटा र ढुम्रा गीत गाएर बस्ने प्रचलन अझ पनि उस्तै छ । बिहान सबेरै नजिकैको नदी तालमा पुगेर विधिअनुसार स्नान गरी घर फर्किन्छन् । तर पछिल्लो समयमा अन्य समुदायहरुबिच पनि लोकप्रिय बन्दै गएको छ। माघीलाई अन्य समुदायले पनि आफ्नै तरिकाले मनाउने गरेका छन् । माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई  ‘जिता मर्ना दिन’ भनिन्छ । पुस मसान्तमा घर–घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर