त्रिशूली जिप दुर्घटनामा मानवीय क्षति भएन, जिप चालक फरार

काठमाडौं ।  त्रिशूली नदीमा मंगलबार बिहान खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ। भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए। कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए। उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि खोजि भइरहेको बताए। गाडी भने गोताखोरले फेला पारेको थियो। उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर