डोटीमा बँदेलको आक्रमणबाट घाइते महिलाको निधन

काठमाडौं ।  डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मङ्गलबार बिहान बँदेलको आक्रमणमा परी घाइते भएका दुई जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्लाको केआईसिँह गाउँपालिका– १ बसिनाका ७२ वर्षीय भगी भुल र सोही ठाउँकी ३५ वर्षीया जगुली देवी भुल घाइते भएका थिए । जगुली देवी भुलको अस्पताल पुर्‍याउनु अघि नै मृत्यु भएको जिल्ला अस्पतालका डा. निराजन श्रेष्ठले बताए । अर्का घाइते भगीको स्वाथ्य अवस्था सामान्य छ । घर नजिकै रहेको खेतमामा घाँस काट्ने क्रममा बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर