गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ : जोर्डन

काठमाडौं ।  जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजापट्टीमा इजरायलको आक्रमणले इजरायलको सुरक्षा क्षेत्रमा मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् ।

राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले उक्त टिप्पणी गरेका हुन् । जसमा दुई मन्त्रीहरूले गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र स्ट्रिपमा मानवीय प्रकोपमा ध्यान केन्द्रित गरेका थिए ।

बैठकपछि एक संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पुर्‍याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे । ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए । प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्नको लागि पूर्व शर्तको साथ जोर्डनले भूमिका खेल्नुपर्ने बताए । उनीहरुले हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर