प्रधानमन्त्री कप : कोशी प्रदेशका सुजन थपलियाद्वारा शतक प्रहार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका छन् । उनले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका हुन् । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भए ।

कोशी पुलिसविरुद्ध १ सय ६६ मा अल आउट भएको छ । पुलिसका करण केसीले ३, ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए । उनी यस प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि रशिद खान, सन्दीप जोरा र विनोद भण्डारीले शतक प्रहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर