नेपाल एपिएफ क्लबको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । एपिएफको जितमा कप्तान रोहित पौडेलले सानदार प्रदर्शन गरे ।

जितको लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले १९.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । एपिएफको जितमा रोहितले ८० रन बनाए । उनले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएको हो । ओपनर प्रज्वल शाही २२ र सुमित महर्जनले २० रन जोडेका थिए । बलिङमा कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कोशी ४४।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । कोशीको लागि फिर्दोस अन्सारीले ५५ रन बनाए । सोनु अन्सारी २०, अकिंत सुवेदी १३, सोनु मण्डलले ११ र आशिष भट्टराई १० रन बनाए । बलिङमा एपिएफका रोहित पौडेल र भिनाश बोहराले तीन तीन विकेट लिए । अमर सिंह राउटेलाले दुई तथा भुवन कार्की र मौसम ढकालले एक एक विकेट झारेका थिए । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर