संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानून बनाउन आग्रह गरेका छन्।

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह गरे। उनले भने, ‘यो संविधानले  उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ। यो बेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ। तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ। जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो। संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर