डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएको छ । उनलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गरेका थिए  ।

महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै  तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकी थिइन् । त्यही समयमा उनले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर