सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.६३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६० रुपैयाँ रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९१ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर