आगामी साता हिउँदे वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा यो वर्षको हिउँदे झरी आगामी सातादेखि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि मौसम पूर्वानुमान बमोजिम देशका तीनै भौगोलिक क्षेत्रमा उचाइअनुसार हिमपातदेखि फाटफुट वर्षा हुने सम्भावना छ । कम्तिमा बुधबारदेखि हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यसैगरी पहाडी क्षेत्रमा साताको मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

तराई क्षेत्रमा पनि साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । तर तीनै क्षेत्रमा तापक्रम निरन्तर घट्ने र विशेषगरी तराईमा हल्कादेखि मध्यम हुस्सुरकुहिरो लाग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर