नेप्सेमा ३१.६२ अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३१.६२ अंकले बढेर दुई हजार २० दशमलव ६२ विन्दुमा बन्द भएको हो ।  त्यस्तै, आज ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २११ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १० कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने ५ कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।  त्यस्तै, मेगा म्युचअल फण्ड–१ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.५३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल रि–इन्सुरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयरको भएको छ । आज यस कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर