राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार जिताउन अपिल

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका व्यक्तिलाई मतदान गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज संयुक्त रुपमा अपिल गरेका छन् ।

अपिलमा निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार सबैका साझा उम्मेदवार भएको उल्लेख गरिएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएकाले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपिलमा उल्लेख गरिएको छ ।

संयुक्त अपिलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर