भालुवाङ बस दुर्घटना : सनाखत ८ शवमध्ये ३ वटाको पोष्टमार्टम

काठमाडौं । राप्ती नदीमा बस खस्दा ज्यान गुमाएकाको शव पोष्टमार्टम सुरु गरिएको छ । दुर्घटनापछि लमही अस्पतालमा ल्याईएका १२ वटा शवमध्ये सनाखत भएका ८ जनाको पोष्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्ले जानकारी दिए ।

अहिलेसम्म ३ जनाको पोष्टमार्टम भइसकेको छ । कतिपय आफन्त शव लिन लमही अस्पताल आइपुगेको प्रहरीले जनाएको छ । घरसम्म शव पु र्‍याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराइने भएको छ । पोष्टमार्टम पछि शवलाई आजै आफन्तको जिम्मा लगाउने तयारी भएको मल्लले बताए ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । पुलबाट बस खस्दा १२ जनाको मृत्युु भएको थियो । भने २३ जना घाइते छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार १२ मध्ये ८ जनाको सनाखत भएको छ । बसमा ३६ जना यात्रु रहेको मल्लको भनाइ छ । बस चालक सल्यान त्रिवेणी गाउँपालिका ४ का २८ बर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर