भालुवाङमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा  १२ जनाको  मृत्यु भएको छ ।   नेपालगञ्जबाट शुक्रबार राति काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये आठजनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । शव लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर