होटलको आडमा हुने यौन व्यवसाय अन्त्य गरिने

काठमाडौं । होटल तथा गेष्ट हाउसको आडमा हुने गरेको यौन विकृति रोक्न धनुषाको मिथिला नगरपालिकाले कडा कदम चाल्ने भएको छ । होटलमा महिला कामदार राख्ने तथा गेष्ट हाउसमा कोठा उपलब्ध गराएर यौन व्यवसाय सञ्चालन हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको हो ।

नगरस्तरीय सुरक्षा संयन्त्रको बसेको बैठकले होटल, गेष्टहाउस र डान्सबारको आडमा अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्ने निर्णय भएको मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले बताए । उनले अनुगमन गरी विकृतिजन्य क्रियाकलाप सञ्चालनमा सक्रिय रहेको पाइएमा त्यस्ता होटल तथा गेष्ट हाउसलाई कानुनअनुसारको कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको बताए । उनले होटल खोलेर यौन विकृति फैलाउन व्यवसायीसँगै होटललाई भाडा दिने घरधनीलाई पनि कारवाही गरिने बताए ।

नगर क्षेत्रमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मूल पार्न स्थानीयवासीले बुधबार नगरप्रमुख, इलाका प्रहरी कार्यालय र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यौन विकृतिले गाउँ समाजमा नराम्रो असर परेकाले तत्कालै आवश्यक कदम चाल्न स्थानीय वासिन्दाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर