टेलिकमले ल्यायो ‘विन्टर अफर’

काठमाडौँ  । नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।

अफर अन्तर्गत ‘स्टे कनेक्टेड प्याक’ मा एक सय नौ रुपियाँमा पाँच दिनका लागि छ जिबी डेटा तथा एक सय ३९ रुपियाँमा छ जिबी डेटा र एक सय ७० रुपियाँमा टेलिकमकै नेटवर्कभित्रका लागि भ्वाइस सुविधा उपलब्ध हुनेछ । त्यसैगरी दुई घण्टाको समयावधिका लागि पैँतिस रुपियाँमा अनलिमिटेड प्याक पनि कम्पनीले उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर