शुक्रबारका लागि विदेशी मु्द्राको विनिमय दर

काठमाडौं ।   नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मु्द्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैया १ को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा, युरो १ को खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा तथा पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १८ पैसा तथा बिक्री दर १६९ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ९८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ १४ पैसा र बिक्री दर ९९ रुपैयाँ ५९ पैसा तोकिएको छ।

यसैगरी साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा, कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३५ रुपैयाँ ५१ पैसा, यूएई दराम १ को खरिद दर ३६ रुपैयाँ ९ पैसा र बिक्री दर ३६ रुपैयाँ २५ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५३ पैसा र बिक्री दर २८ रुपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर