स्पेन पुग्न चाहने आप्रवासीहरू बाटोमै हराए

काठमाडौं ।  सन् २०२३ मा सामुद्रिक मार्गबाट स्पेन पुग्ने प्रयासमा प्रतिदिन औसतमा १८ आप्रवासी हराएको खुलेको छ। स्पेनी आप्रवासी अधिकारी समूहले कम्तीमा ६ हजार ६१८ आप्रवासी हराएको  बताएको हो। यसमध्ये ३८४ बालबालिका रहेको बताइएको छ।

अफ्रिकाबाट स्पेनको क्यानरी द्वीपसम्म एटलान्टिक बसाइँसराइ मार्गमा उनीहरू हराएका वा मारिएका हुन्। कामिनान्डो फ्रोन्टेरस वाकिङ्ग बोर्डसका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलन गरी सन् २००७ मा गणना शुरु गरेयता यो सबैभन्दा धेरै संख्या रहेको जानकारी दिइन्।

आन्तरिक मन्त्रालयको आँकडाअनुसार सन् २०२३ मा अवैधरूपमा आउने आप्रवासीहरूको सङ्ख्या गत वर्ष दुई गुणाले बढेर ५६ हजार ८५२ सम्म पुगेको छ। यो सन् २०१८ को ६४ हजार दुई सय ९८ आप्रवासीहरूले स्पेन प्रवेश गरेको सङ्ख्यापछिको दोस्रो सबैभन्दा धेरै हो। मालेनोले स्पेन जाने प्रयास गर्नेहरूको सङ्ख्यामा वृद्धिका कारण गत वर्ष मृत्यु र बेपत्ताको घटनामा वृद्धि भएको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर