विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो ।

त्यस्तै, विश्व बैंकले छिमेकी मुलुक भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । जुन दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने उल्लेख छ । त्यसैगरी, बङ्गलादेशले ५.८ प्रतिशत, मालदिभ्सले ५.५ प्रतिशत, भुटानले ४.६ प्रतिशत, पाकिस्तान २.४ र श्रीलंकाले समान २.४ प्रतिशते आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर