तराई-मधेशमा हुस्सु, पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहेन छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ।

भोलि (बिहीबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ। हुस्सु कुहिरोले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर