भक्तपुरमा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन शुरू

भक्तपुर । नेपाली काँग्रेसका उपसाभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले राजनीतिमा कानुन बनाएर आफैले नियम तोड्ने परम्परा रहेको बताएका छन् ।

भक्तपुरमा आज २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रमा नियम बनाएर ब्यवहारमा लागू गरिने भएता पनि नेपालको राजनीतिमा नियम बनाएर आफैले नियम तोड्ने परम्परा रहेको बताए ।

निधिले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार चयनमा बिभेद देखिएको बताउँदै टिकट बितरणमा काँग्रेस र काँग्रेस बाहिर बिभिन्न टिप्पणी उठेको बताए । उनले सक्षम ब्यक्तिहरुले यस पटकमा पालो पाउन नसकेको गुनासो गरे ।

राष्ट्रियसभाको निर्वाचनमा देखिएकाे राजनीतिक वातावरण हेर्दा नेपालमा गठबन्धन बलियाे रहेको प्रस्ट्याउँदै सरकार बिघटन भए पनि संसद पाँच बर्षको अवधिमा बिघटन नभए यसले राजनीतिक स्थिरता ल्याउने निधिले बताए ।

कार्यक्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालको पहिचान राजनीतिमा मात्र नभएर खेल क्षेत्रले पनि दिन सक्छ भन्ने राजनीति गर्नेहरुले बुझ्न नसकेको बताए ।

परियारले खेल क्षेत्रमा देखिएका बिभिन्न खालका समस्याहरुको पहिचान गरि खेलकुद नीति  र समग्र अर्थतन्त्रलाई जोडेर अघि बढ्ने बताए ।

उनले लामो समय खेल जीवनमा बिताएर पनि आर्थिक अवस्था कम्जोरीकै कारण बिदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने तर्फ रास्वपा लागि परेको बताए ।

कार्यक्रमका आयोजक एवं भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष राम श्रेष्ठ बोशले खेल क्षेत्रमा देखिएको राजनीति र माफियाहरुको चलखेलले खेल क्षेत्रको बिकासको बाधक बनेको बताए । उनले नेपालमा खेल क्षेत्रमा लागेर जीवनयापन गर्ने अवस्था नरहेता पनि बिस्तारै वातावरण तयार हुँदै गएको बताए ।

भक्तपुरमा आयोजना भइरहेको राष्ट्रिय प्रतियोगिताका लागि आर्थिक अवस्था जुराउन कठिन रहेको बताउँदै आफ्नै क्षेत्रबाट समेत सहयोग पाउन नसकेको उनले बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर