कोरियन भाषाको परीक्षा तीन चरणमा हुने

काठमाडौं ।  कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबै सहभागी हुन पाउने छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् ।

वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो । आउँदो माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए ।

पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकी तेस्रो चरणमा परीक्षामा सहभागी हुनेछन् । हरेक दिन एक हजार जनाको परीक्षा हुनेछ । पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा पास नभएकाले गएको शुक्रवार पुस २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि फारम भरेका थिए । फारम भर्न नपाएको विषयलाई लिएर पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर